विश्वका पाँच धनाढ्य व्यक्ति, मस्कलाई उछिन्दै बेजोस बने सबैभन्दा धनी

डिसी नेपाल
८ फागुन २०७७ ११:२३

काठमाडौं। जेफ बेजोस पुनः विश्वका धनी व्यक्ति बनेका छन्। ब्लुमबर्गले हालै प्रकाशित गरेको अर्बपतिको सूचिमा बहुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक बेजोस ६ हप्तापछि पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन्।

ब्लुमबर्गको अर्बपतिको सूचिमा गत जनवरीमा मात्रै चर्चित गाडी उत्पादक कम्पनी टेस्लाका संस्थापक एलेन मस्कले बजोसलाई उछिनेका थिए। उनको कम्पनीको सेयर मूल्य एकाएक आकासिएपछि उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए। टेस्लाको सेयरमो गिरावट आएसँगै बेजोस धनी व्यक्तिको सूचीको पहिलो स्थानमा फर्किएका हुन् ।

ब्लूमबर्गका अनुसार बेजोस १९१ बिलियन डलर सम्पत्तिसहित धनी व्यक्तिको सूचीको पहिलो स्थानमा छन्। यस्तै दोस्रो स्थानमा रहेका मस्कको १९० बिलियन डलर छ।

त्यस्तै माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने १३७ बिलियन अमेरिकी डलरसहित विश्वकै तेस्रो धनी व्यक्तिका रुपमा रहेका छन्। त्यस्तै चौथो नम्बरमा फ्रान्सेली व्यवसायी बर्नाल्ड आर्नल्ट र पाँचौं नम्बरमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *