सरकारको निर्णय प्रति तरुण दलको आपत्ति, आन्दोलन गर्न निर्देशन

डिसी नेपाल
८ फागुन २०७७ १४:०६

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले शिव पौडेलका हत्यामा संलग्न व्यक्तिलाई सरकारको सिफारिसमा कैद मिनाहा गरिएको भन्दै आपत्ति जनाएको छ। नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले देशमा हत्या, हिंसालाई प्रोत्साहित गर्ने निर्णय गरेको आरोप लगाएका छन्।

अध्यक्ष बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा २०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्या दवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिइएको प्रति नेपाल तरुण दल केन्द्रीय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ।’

बस्नेतले सरकारको उक्त निर्णयको विरुद्धमा सघर्ष गर्न निर्देशन समेत दिएका छन्। विज्ञप्तिमा उनले भनेका छन, ‘सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रिय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्ती मार्फत निर्देशन गर्दछु।’

सरकारले प्रजातन्त्र दिवसका अवसरमा जन्मकैद सजाय पाएका १ सय ७९ सहित ५ सय ९५ कैदीलाई रिहा गरिएको थियो। त्यस्तै १५ जनालाई आममाफि दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *