विराटनगर पुगेर ओलीले भने, ‘मलाई प्रचण्डको माया लाग्छ’

डिसी नेपाल
८ फागुन २०७७ १६:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माया लाग्ने गरेको बताएका छन्। नेकपाको ओली समूहले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिले आएर प्रचण्डको माया लाग्ने गरेको बताए।

उनले भने, ‘मलाई त प्रचण्डको माया लाग्न थालेको छ। पहिला उहा सँग बैद्य हुनुहुथ्यो। त्यसपछि बैद्यबाट टाढिएर डाक्टरलाई लिनु भयो। डाक्टरबाट पनि टाढिनु भयो अहिले झाक्रिलाई साथमा लिनु भएको छ।’

प्रचण्ड सकिने बाटोमा हिडेको भन्दै ओलीले भने, ‘भिरमा लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काधैँ हाल्न त सकिँदैनन् नि। अझै पनि तपाईलाई स्वागत छ आउनुहोस् जनताको सागरमा मिसिनुहोस् तपाईँलाई स्वागत छ,’ ओलीले भने।

‘दुईचार सिटमा सिमित हुने प्रचण्डलाई मैले जुरो हाल्दिएको थिएँ।’ ओलीले भने, ‘सानो सिङ पनि पलाएको थियो अहिले त्यो सिङले हामीलाई नै हान्न खोज्नुभयो।’

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *