दिल्लीबाट फर्किए खनाल

डिसी नेपाल
८ फागुन २०७७ १९:३०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनि आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए । चिकित्सकका अनुसार खनालको स्वास्थ्य अवस्था सुधार भएको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *