प्रतिनिधिसभाको विघटन असल मनसायबाट भएको छैन् : वरिष्ठ नेता पौडेल

डिसी नेपाल
८ फागुन २०७७ २१:०४

इनरुवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको विघटन असल मनसायबाट नभएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस सुनसरीद्वारा शनिबार सदरमुकाम इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले प्रतिनिधिसभाको विघटन गरेर नेपाली कांग्रेसले अव दुई तिहाइ बहुमत ल्याउ छ भने उद्देश्यले नगरेको आरोप लगाएका हुन् ।

वरिष्ठ नेता पौडेलले कांग्रेसमा पटक–पटक दुई वटा धार हँुदै आएको उल्लेख गर्दै पार्टीमा दुई वटा धार भएपनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिनका लागि नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको बताउँदै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्नेमा जोड दिए ।

पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, पूर्वराज्यमन्त्री सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतले मुलुकको वर्तमान राजनीतिका विविध पक्षमाथि प्रकाश पारे ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई वरिष्ठ नेता पौडेल र पार्टीका सभापति कोइरालाले फुल, माला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *