३ हजार पीसीआर परीक्षण गर्दा ८० जनामा कोरोना पुष्टि

काठमाडौं । आइतबार ३ हजार ३२५ पीसीआर परिक्षण गर्दा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । यस्तै, हालसम्म ६८ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ३६ हजार ६३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment