सर्वोच्चको फैसलापछि भारतीय राज्यसभा सदस्यको प्रतिक्रियाः नेपालका नेताहरू मसँग सम्पर्कमा छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि भारतीय राज्यसभाका सदस्य सुव्रमण्यम स्वामीले प्रतिक्रिया दिएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै नेपाल र भारतबिचको सम्बन्ध सुधार हुने दिशा तर्फ अघि बढेको जनाएका छन्।
मंगलबार सर्वोच्चले फैसला गरे लगत्तै ट्वीट गर्दै उनले लेखेका छन्, ‘नेपालबाट सुखद खबर । नेपालको सर्वोच्च अदालतले संसदको विघटन रद्द गरी संसद पुनर्जीवित गराएको छ। नेपालका लोकतान्त्रिक नेताहरू मसँग सम्पर्कमा छन्। र, मलाई आशा छ कि प्रजातन्त्र पुनः स्थापित हुनेछ। त्यसो भएमा भारत र नेपालको सम्बन्ध सुधार्न सकिनेछ।
प्रतिक्रिया
Facebook Comment