प्रधानमन्त्री ओली राजीनामा दिने मनस्थितिमा

डिसी नेपाल
१२ फागुन २०७७ १४:४५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने मनस्थिति बनाएका छन् । राजीनामाबारे भने अन्य दलहरुसँगको बैठकपछि मात्रै निर्णय हुनेछ । प्रधानमन्त्री ओली पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले दिएको निर्धारित समयभित्रै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले राजीनामा दिने मनस्थिति बनाएको संकेत गरे । ज्ञवालीले भने ‘दलहरुसँग छलफल गरेपछि त्यहाँ आउने सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । ज्ञवालीले प्रधानमन्त्री मुलुकलाई अन्योलमा राख्नु हुँदैन भन्ने पक्षमा रहेको भन्दै प्रधानमन्त्री बाटो खोलिदिने मुडमा रहेको संकेत गरे ।

ज्ञवालीका अनुसार बैठकले पछिल्लो समय विकसित अनपेक्षित परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने आधारमा पछिको निर्णय गर्ने बैठकले निर्णय गरेको छ । स्थायी कमिटी बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *