थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बुधबार नेपालमा ३ हजार ६९२ पीसीआर परीक्षण गर्दा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा ७१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।
यस्तै, हालसम्म ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५० हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment