महिला लघुवित्तको आइपीओ १५ लाख बढीले नपाउने
काठमाडौं। महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार (भोली) बिहान बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार लघुवित्तको आइपीओ भोली बिहान ८ बजे बाँडफाँड गरिने छ।
लघुवित्तको आइपीयोमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ। १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।
यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ। १५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्।
मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै सेयर पाउनेछन्।
महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीयोमा फागुन ५ गतेसम्म आवेदन खुला गरिएको थियो।
Facebook Comment