फागुन २३ गते संसद बैठक बोलाउन सरकारको सिफारिस
काठमाडौं । सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद बैठक फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै पुनर्स्थापना गरी १३ दिनभित्र बैठक राख्न सरकारलाई आदेश दिएको थियो ।
प्रतिक्रिया
Facebook Comment