मलेसियाको टप ग्लोभमा कार्यरत नवलपरासीका नुन बहादुरको सुतेकै अवस्थामा मृत्यु

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको आज क्षयरोगका कारण सुतेकै अवस्था मृत्यु भएको छ ।
टप ग्लोभमै कार्यरत एक नेपालीले नाम नखुलाउने सर्तमा नेपाली मजदुर एकता समाज मलेसियालाई उक्त घटनाबारे जानकारी गराएको मजदुर समाजले डिसी नेपाललाई जानकारी गराएको छ ।
मृतकको बारेमा अन्य आवश्यक विवरण प्राप्त हुन बाँकी रहेको र आज र भोलि मलेसियास्थित नेपाली राजदुतावास समेत बन्द रहने भएको कारण यो बारेमा दूतावासलाई पनि आधिकारिक रूपमा जानकारी गराउन नसकिएको मजदुर समाज मलेसियाका अध्यक्ष रामप्रसाद सुबेदीले जानकारी गराएका छन् ।
प्रतिक्रिया
Facebook Comment