२८ सय पीसीआर परीक्षण गर्दा थप ८१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । शनिबार नेपालमा २ हजार ८२४ जनामा पीसीआर परीक्षण गर्दा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ६७ रहेको छ । पछिल्लो २४ घण्टामा ६२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा २ जना थपिएका छन् । योसँगै कुल २ हजार ७७३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै, हालसम्म ६२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ६० हजार ४०४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment