न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

काठमाडौं । सुर्खेतमा कार्यरत न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ परेकी छिन् । प्रहरीले उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेललाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment