स्पस्टीकरण पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार खुला

डिसी नेपाल
१८ फागुन २०७७ ११:४८

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार खुला भएको छ। लाभांश सम्बन्धी सूचना सेयर कारोबार भइरहेको समयमा नेप्सेलाई पठाएपछि आइतबारदेखि बन्द सांग्रिलाको सेयर कारोबार मंगलबारदेखि खुला भएको नेप्सेले जनाएको छ। मंगलबार बैंकले स्पष्टीकरण दिएपछि नेप्सेले सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको जनाएको छ।

सांग्रिलाले हाल कायम २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँमा ५% बोनस सेयर दिने प्रस्ताव गरेको छ। यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव २६३२% नगद लाभांश पनि दिनेछ। प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *