साइप्रसमा एक नेपाली महिलाको मृत्यु

काठमाडौं। साइप्रसमा एक नेपाली महिलाको मृत्यु भएको छ। रोजगारीको लागि साइप्रस गएकी ४० वर्षीया संगिता पाण्डेको मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघ(एनआरएनए) साइप्रसका अनुसार पाण्डेको यहि मार्च १ गते बिहान साढे ७ बजे निकोसियास्थित देफतेरा गाउँमा मृत्यु भएको हो। पाण्डेको निधनप्रति एनआरएनए साइप्रसले दुःख व्यक्त गरेको छ।
पाण्डेको मृत्युबारे थप विवरण आउन बाँकी रहेको जनाउँदै धैर्य रहन संघले अनुरोध गरेको छ । त्यस्तै, साइप्रस प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्युको आधिकारिक कारण भने अहिलेसम्म खुलिनसकेको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment