सरकार र विप्लव समूहबीचको वार्ता सकियो, वार्ता सकारात्मक दिशातर्फ उन्मुख

डिसी नेपाल
१९ फागुन २०७७ ११:१२

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीचको वार्ता सकिएको छ। बुधबार विहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच झण्डै दुई घण्टा वार्ता भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो।

हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो।

वार्ता सकिए लगत्तै सरकारी वार्ता टोलीका संयोगक गृहमन्त्री रामबहादुर थापा बालुवाटारबाट बाहिरएका छन्। गृहमन्त्री भन्दा केही अगाडि विप्लव समूहका वार्ता टोली सदस्य बालुवाटारबाट बाहिरिएका थिए।

सरकारले मंगलबार विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो। सो वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य छन्।

विप्लव समूहले पनि मंगलबार नै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो। सो वार्ता टोलीका उदयबहादुर चलाउने सदस्य छन्। वार्ता सकारात्मक भएकाे बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *