गृहमन्त्रीले भने–विप्लवसँगको वार्ता सकारात्मक, छिट्टै सुखद परिणाम आउँछ

डिसी नेपाल
१९ फागुन २०७७ १५:०६

काठमाडौं। सरकार र नेत्रबिक्रम चन्द विप्लव समूहबीचको वार्ता सकारात्मक भएको र केहीदिनभित्रै सुखद परिणाम आउने सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लखे गर्दै धेरै सैद्धान्तिक र प्रावििधक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका छन्। उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बतएका छन्।

वार्तापछि सामाजिक संजालमा स्टाटस लेख्दै गृहमन्त्री थापाले भनेका छन्, ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ।’


सरकार र विप्लव समूहबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता सम्पन्न भएको थियो। सरकारले मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो भने त्यसको लगत्तै विप्लव समूहले पनि दुई सदस्य वार्ता टोली गठन गरेको थियो।

सरकारले २०७५ फागुन २८ गते विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धको दुई वर्षपछि सरकार र विप्लव समूहबीच वार्ता सुरु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *