सरकार र विप्लव वार्ताः दुवै पक्ष समान धारणा नजिक

डिसी नेपाल
१९ फागुन २०७७ १७:५६

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच बुधबार दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बिषय केन्द्रीत भएको भन्दै दुवै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताएका छन् ।

यसअघि पहिलो चरणको वार्ता बुधबार बिहान भएको थियो। गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका थिए । उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बताएका छन्।

सरकारको तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई साथै बिप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने (दिपक)ले वार्ताको नेतृत्व गरेका छन।

दुवै समूहले मंगलबार वार्ताटोली गठन गरेका थिए । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *