सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर

डिसी नेपाल
२१ फागुन २०७७ १५:०९

काठमाडौं। जनवादी क्रान्ति गर्ने भन्दै भूमिगत राजनीतिक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिब विप्लव राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा उपस्थित छन्।

शुक्रबार सरकार र सो पार्टीबीच सहमति जुटेको थियो। सहमतिपछि विप्लव शुक्रबार बिहानै पूर्वी नवलपरासीमा सार्वजनिक भएका थिए। त्यहाँबाट काठमाडौं गाडीमा आएका विप्लवले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफलसमेत गरेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले विप्लव र प्रधानमन्त्रीबीच विशेष भेटवार्ता भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *