यो सहमति देशलाई आत्मनिर्भर बनाउने विषयसँग जोडिएको छ : विप्लव

डिसी नेपाल
२१ फागुन २०७७ १५:४०

काठमाडौं। सरकारसँग तीन बुँदे सहमति पत्रमा हस्ताक्षपछि बोल्दै विद्रोही नेकपाका महासचिब नेत्रविक्रम चन्द विप्लवले यो सहमतिलाई सामान्य ढंगबाट बुझ्न नहुने बताएका छन्।

राष्ट्रिय सभा गृहमा आयोजित हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यो एउटा नयाँ दिन नेपाली राजनीतिको यो तीन बुँदे नयाँ बाटो र सहमति, यो सहमति केवल नेपाल सरकार कम्युनिष्ट पार्टी र नेताको कुरा होइन, नेपाल देशलाई आत्मनिर्भर बनाउने तथा सुखी र समृद्धिको आकांक्षासँग जोडिएको छ।’

विप्लवले यो वार्ता सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यावादसमेत दिए। उनले भने, ‘यसमा प्राप्त भएको सकारात्मक सहयोगप्ति धन्यावाद दिन्छु, एउटा अध्यारो समय र परिवेसमा आजसम्म धेरैका इच्छा पुरा भए तर सहिदको र नेपाली जनताको चाहना पुरा भएको छैन्। हामीलाई के अनुभूति भएको छ भने हामी भित्र जुन उद्देश्य लिएर हामी आन्दोलनमा होमियौँ। हामी उनीहरुको चाहनालाई पुरा गर्न प्रतिबद्ध छौँ।’

सम्बोधन गर्दै विप्लवले कम्युनिष्टले सँधै विद्रोहमात्र गर्ने नभएको भन्दै कम्युनिष्ट शान्तिको दूतसमेत हुने बताए। उनले आफूहरु अहिले शान्तिको दूत भएको बताए। उनले तीन बुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको समेत बताए।

विप्लवले नेपाली समाज र राज्यको रुपान्तरण र जीवनको रुपान्तरणमा अझै नभएको भन्दै नेपालका मजदुर किसान, महिला, दलित र उत्पीडितको आवज बुलन्द गर्न आफूहरु लागिपर्ने बताए। उनले भने, ‘नेपालमा आज कसैले पनि सुरक्षित अनुभुती गर्न सक्ने अवस्थामा छैन्। सार्वभौम जनतालाई फैसला गर्न दिनुपर्छ। आवश्यक पर्दा नेता जनता चुन्यौं। हामी विदेशीको अघि झुक्ने छैनौं बरु आफ्नो जीवन समर्पण गर्ने छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *