प्रचण्ड–नेपालको संसदीय दलको बैठकमा ११५ जना सांसदको उपस्थिति, निर्वाचन आयोगलाई पत्र

डिसी नेपाल
२१ फागुन २०७७ १७:३७

काठमाडौं। नेकपाको प्रचण्ड–माधव समूहको शुक्रबार बसेको संसदीय दलको बैठकमा ११५ जना सांसदहरु सहभागी भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी एकीकृत नेकपाका २२४ जना सांसद छन्। ती मध्ये प्रचण्ड–माधव समूहमा ११५ जना सहभागी भएका हुन्।

शुक्रबारको संसदीय दलको बैठकको अध्यक्षता गरेका झलनाथ खनालले ११५ जना सांसद सहभागी भएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘११५ जना सांसद उपस्थित रहेको बैठकले केपी शर्मा ओलीलाई पार्टीको सदस्यसमेत नरहने गरी केन्द्रीय कमिटीले गरेको कारबाहीअनुसार संसदीय दलबाटसमेत हटाउन निर्णय गरेको छ।’

उनले शुक्रबारको बैठकले तीनवटा निर्णय गरेको जानकारी दिए। ओलीलाई कारबाही र प्रचण्डलाई संसदीय दलको नयाँ अध्यक्षमा निर्वाचित गर्ने, समसायिक राजनीतिक विषयमा निर्णय र निर्वाचन आयोगलाई पत्र पठाउनले निर्णय भएको उनले जानकारी दिए।

उनका अनुसार आफूहरुलाई आधिकारिता छिटोभन्दा छिटो दिन माग गर्दै निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरिएको छ।

नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमासमेत अल्पमतमा रहेका प्रधानमन्त्री ओली संसदीय दलमा पनि अल्पमतमा रहेको शुक्रबारको बैठकले देखाएको छ। यद्यपी अझै पनि केही सांसदहरुले समूह परिवर्तन गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *