उल्टियो सत्ता समीकरण ! देउवाले चाहँदैमा पनि हट्दैनन् प्रधानमन्त्री, बन्दैन नयाँ सरकार

डिसी नेपाल
२३ फागुन २०७७ १७:१७

काठमाडौं। सर्वोच्च अदालतले नेकपाको दर्ता खारेज गर्ने र पुरानै अवस्थामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) कायम हुने फैसला गरेसँगै अब सत्ता समीकरण बदलिएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने हो भने माओवादी र कांग्रेसले चाहेको अवस्थामा पनि पुग्दैन ।

अब जनता समाजवादीने समेत साथ नदिने हो भने प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुँदैन । माओवादी, कांग्रेस र जनता समाजवादी तीन दल मिलेर प्रधानमन्त्रीलाई हटाउने र नयाँ सरकार गठन गर्ने अवस्थामा भने बहुमत पुग्छ ।

अहिले प्रतिनिधिसभामा एमालेको १२१ सिट छ । प्रधानमन्त्रीले विश्वासको मत लिन वा सरकार संचालनको लागि १३८ सिट आवश्यक पर्छ । जसपाका ३१ सांसद छन् । जसपाले मात्रै साथ दिएमा प्रधानमन्त्रीको बहुमत पुग्छ र सरकार ढल्दैन ।

उता प्रचण्डले देउवासँग मिलेर सरकार ढलाउन चाहने हो भने माओवादी र कांग्रेस मात्र मिल्दैमा सरकार ढलाउन सकिँदैन । किनकि कांग्रेसको ६१ र माओवादीको ५३ सिट छ । यीमध्ये १ जना माओवादीका सांसद सभामुख हुन् जसले मतदान गर्दैनन् । यस्तोमा यो गठबन्धन बनिहालेमा जसपाले साथ दिएमा भने सरकार ढल्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *