थप ५९ जनामा कोरोना पुष्टि

काठमाडौं । मंगलबार नेपालमा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ७० रहेको छ । पछिल्लो २४ घण्टामा ६० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म ५६ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ९९ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment