सन्ध्या तिवारीको एमाले र गोपाल किराँतीको माओवादीको दर्ता खारेज

डिसी नेपाल
२५ फागुन २०७७ १६:५९

काठमाडौं । निर्वाचन आयोगले सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले र गोपाल किरातीको नाममा दर्ता भएको माओवादी केन्द्रको दर्ता खारेज गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको फैसला बमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेर नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेपछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खारेज गरेको हो ।

आयोगले दुवै दललाई राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ६(१)(ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ बमोजिम राजनीतिक दलका रूपमा कायम रही रहन सक्ने नदेखिँदा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को हकमा नयाँ नाम प्रस्ताव गरी पन्ध्र दिन भित्र सुधार सहितको विवरण आयोग समक्ष पेश गर्न भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *