महन्थ ठाकुरले पार्टीलाई थाहै नदिइ ओलीसँग सत्ता साझेदारीको तयारी गरेको खुलासा

डिसी नेपाल
२५ फागुन २०७७ १७:५७

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीलाई गुमराहमा राखेर नेकपा एमालेसँग सत्ता साझेदारीको तयारी सुरु गरिसकेको खुलासा भएको छ । आज जनता समाजवादी पार्टीको संसदीय दलको बैठकमा मात्र यो तयारीको खुलासा भएको हो । जबकि महन्थ ठाकुरले यो तयारी फागुन २३ गते नै सुरु गरिसकेका थिए ।

स्रोतका अनुसार आज केहीबेरअघि सुरु भएको संसदीय दलको बैठकमा मात्र अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई थाहै नदिइ सुटुक्क एमालेसँग सत्ता साझेदारीबारे गृहकार्यको लागि कार्यदल गठन गरेको खुलासा भएको हो । ठाकुरले फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दा नै सत्ता साझेदारीको गृहकार्यको लागि कार्यदल गठन गर्ने सहमति भएको र सोहीअनुसार ठाकुरले कार्यदल गठन गरिसकेको खुलासा भएको हो ।

स्रोतका अनुसार आज सुरु भएको संसदीय दलको बैठकमा ठाकुरले कार्यदल गठन गर्ने सहमति भएको र आफूले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कार्यदलको जिम्मेवारी दिइसकेको बताएपछि उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता चकित परेका थिए । उपेन्द्र यादव पार्टीका अर्का अध्यक्ष र डा. बाबुराम भट्टराई संघीय परिषद्का अध्यक्ष हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *