प्रचण्डको दौडधुप, देउवालाई भेटेपछि बाबुरामलाई भेट्न टोखा पुगे

डिसी नेपाल
२५ फागुन २०७७ २०:३४

काठमाडौं। सर्वोच्च आदेश अनुसार तत्कालिन माओवादी केन्द्र सक्रिय बनाएर स्थायी कमिटी बैठकसमेत गरेका माओवाी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दलहरुसँगको भेटलाई तिब्रता दिएका छन्।

मंगलबार स्थायी कमिटी बैठकबाट अन्य दलहरुसँग छलफल गर्ने निर्णय गराएका प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। देउवसँगको भेटपछि प्रचण्ड जसपा नेता डा. बाबुराम भट्टराईलाई भेट्न उनको निवास टोखा पुगेका छन्।

साँझ ६ बजेपछि टोखा पुगेका प्रचण्ड र भट्टराईबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारविरुद्धको रणनीतिबारे छलफल भएको बताइएको छ। देउवासँग पनि प्रचण्डले ओली सरकारविरुद्ध सहकार्य गर्न प्रस्ताव गरेका थिए। तर, देउवाले ठोस जवाफ दिएका थिएनन्।

भट्टराई भने ओलीको विरोधमा छन्। त्यसैले प्रचण्ड र भट्टराईबीच जारी यो छलफललाई महत्वका साथ हेरिएको छ। उता मंगलबार नै बसेको जसपा संसदीय दलको बैठकले सबै दलसँग खुला छलफल गर्ने निर्णय गर्दै शीर्ष पाँच नेता रहेको वार्ता समितिसमेत बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *