आज दिउँसो साढे १ बजेदेखि २ बजेसम्म बाग्मतीमा बाढी आउने

डिसी नेपाल
२६ फागुन २०७७ ११:५८

काठमाडौं। बुधबार दिउँसो साढे १ बजेदेखि २ बजेको बीचमा बागमती नदीमा पानीको बहाव बढेर बाढीकै स्थिति आउने भएको छ ।

भोलिको शिवरात्रीलाई लक्षित गर्दै बाग्मती नदी किनारमा रहेका सबै फोहर बगाउने हिसाबले आज बाग्मतीमा ठूलो परिमाणमा पानी बगाउन लागिएको हो । सुन्दरीजलमा ल्याएर राखिएको मेलम्चीको पानीको ठूलो परिमाण बाग्मतीमा बगाएर बाग्मती नदीमा बाढीको स्थिति ल्याइनेछ ताकि बाग्मतीको किनारका सबै फोहर बग्न सकुन् ।

बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिम्सिनाका अनुसार बुधबार दिउँसो साढे १ बजेदेखि २ बजेको समयमा मेलम्चीको पानी बाग्मतीमा बगाएर बाग्मतीको पानीको सतह बढाउने तय भएको छ । समितिले बाग्मती नदीकिनारमा रहनेहरुलाई यो समयमा सचेत रहन पनि आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *