प्रचण्डसँग जसपाले भन्यो : मुद्दामा सहमति भएमात्र समर्थन

डिसी नेपाल
२६ फागुन २०७७ १९:०८

काठमाडौं। एमाले र माओवादी केन्द्र सक्रिय भएसँगै सत्तासमिकरणका लागि दौडधुप गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका छन्। माओवादी मुख्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रचण्डबीच सत्तासमिकरणबारे छलफल भएको छ।

छलफलपछि बाहिरनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै जसपा नेता राजेन्द्र महतोले जसले आफूहरुको मुद्दामा सहमर्थन गर्छ उसैलाई आफूले समर्थन गर्ने बताए। उनले अब हाताहाती सम्झौता हुनुपर्ने बताए। उनले भने, ‘हुन्छ बहादुर भएर भएन अब गर्छु बहादुर चाहियो।’

मधेश आन्दोलनका क्रममा धेरैले मुद्दा खेपिरहेको भन्दै ती मुद्दा फिर्ता हुनुपर्ने बताए। रेशम चौधरी जेलमा रहेको उल्लेख गर्दै चौधरीको मुद्दा पनि फिर्ता हुनुपर्ने आफूहरुको बटमलाइन रहेको बताए। उनले उधारो सहमतिमा अब कसैलाई पनि समर्थन नगरीसमेत स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सँधै ढाँटेको भन्दै अहिले नै ओलीलाई समर्थन गर्ने वातावरण नबनेको बताए। नेता महतोले आफ्नो पार्टीमा कुनै विवादसमेत नरहेको र पार्टी एक ढिक्का रहेकोसमेत दावी गरे।

उनले जसपाले सत्ताकाे दावी भने नगर्ने बताए। उनले जनताले नेतृत्व दावी गर्नेगरी मत निदएकाे बताए।

जसपामा उपेन्द्र यादव र बाबुराम एकातिर र महन्थ तथा राजेन्द्र महतो अर्कोतिर रहेको चर्चा भइरहेकाबेला महतोले भने कुनै विवाद नरहेको बताएका हुन्।

तर, उनले प्रचण्डसँग के कुरा भयो भन्ने विषयमा स्पष्ट खुलाएनन्। तर, प्रचण्डले एमाले बाहेकको समिकरण बनाउने प्रस्ताव गरेको स्रोतको दावी छ।

प्रचण्डले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर दृउवासँग पनि यही प्रस्ताव राखेका थिए। त्यसपछि उनले मंगलबार नै जसपा नेता बाबुराम भट्टराईसँग भेटेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *