संसदबाट बाहिरिदै खनालले भने, ‘ओली नेतृत्वको सरकार बाँकी कार्यकाल टिकाइन्छ’

डिसी नेपाल
२७ फागुन २०७७ ६:४३

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारको बाँकी कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै खनालले फागुन २३ गते सर्वोच्चले पार्टी पुनर्स्थापना गरेपछि संसदमा हुनसक्ने विभिन्न खेलतर्फ नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन लागि पर्ने स्पष्ट गरे।

उनले भने, ‘संसदले राम्रो निष्कर्षतर्फ देशलाई लानुपर्छ। नेकपा एमाले सधैभरी यो देशको वामपन्थी एकताको पक्षमा छ। संसदमा नयाँ खेल सुरुवात हुन्छ। यी परिदृष्य विस्तारै देख्दै जानु हुन्छ।’

नेकपा एमाले देशको अग्रगतिको पक्षमा, प्रगतिको पक्षमा रहेको खनालको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *