माधव नेपाल समूहको अपेक्षा : अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाउन्

डिसी नेपाल
२७ फागुन २०७७ १६:०३

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमालेलाई ब्युँताएसँगै सक्रिए भएको एमालेमा अहिले दुई समूह छन्। एक समूह अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवामा छ भने अर्को समूह एमाले वरिष्ठ नेता माधवकुमार नेपालको अगुवाइएमा छ।

ओली समूह र माधव समूह तत्कालिन नेकपा कायम हुँदा निकै टाढा थिए। तर अब एक ठाउँमा आउनुपर्ने भएपछि वातावरण बनाउन भन्दै माधव समूहले आफू निकट स्थायी कमिटी सदस्यहरुको भेला गरेको छ।

भेलापछि पत्रकारहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले अब एमालेको बैठक बस्नुपर्ने विषयमा छलफल भएको बताए। उनले आफूहरुलाई अध्यक्ष केपी शर्मा ओलीले तत्काल एमाले स्थायी कमिटी बैठक बोलाउछन् भन्ने लागे पनि बैठक नबोलाइएकोमा असन्तुष्टि पोखे।

उनले भने, ‘सर्वोच्चको आदेशपछि एमाले ब्युँतिएपछि सांगठनिक रुपमै सक्रिए बनाउन अध्यक्षले बैठक बोलाउनुपर्ने हो। तर बोलाइएन यही विषयमा हामीले छलफल गरेका छौं।’ माधव समूहले पार्टीको बैठक छिटोभन्दा छिटो हुनुपर्ने निश्कर्ष निकालेको उनले बताए।

पार्टीको बैठक बसेपछि संगठनात्मक रुपमै एमाले क्रियाशील हुनेसमेत उनले बताए। उनले विगतको असहज परिस्थितिलाई सहज बनाउने दायीत्व सबैको भएको उनले बताए। उनले आफूहरु सरकार परिर्वतनका पक्षमा नरहेकोसमेत उनले बताए। उनले पार्टीको बैठक बसेपछि यी सबै विषयमा छलफल हुने बताए।

उनले आफूहरुले एमाले विभाजनको कल्पनासमेत नगरेको तर, भविष्यमा के हुन्छ भन्न नसकिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *