व्यंग्य : खुट्टी हेर्दैमा चाल पाइयो
जुनसुकै मुद्दा झगडा बिवाद आदिमा जसको पक्षमा नतिजा आउँछ उसले आनन्द पाउँछ र जसको बिपक्षमा नतिजा जान्छ उसले चित्त नबुझेर अन्यत्र धाउँछ अनि जित्नेको अनुहारमा खुसी छाउँछ र हार्नेले फैसला गर्नेतिर फर्केर मिलेसम्मको गाली गाउँछ।
संसद बिघटन संविधानअनुसार सही होइन भन्ने फैसलामा खुसी भएर अदालतको तारिफ गरेर नथाकेको टोली केही दिनमै आएको दलको नामसम्बन्धि फैसलामा चित्त नबुझेर पानी पित्त निक्लने गरी छटपटाएर हिँडेको देखिन्छ।
यसबाट सँधैभरि आफ्नो पक्षमा मात्रै फैसला हुन्छ र त्यसले मात्रै झगडियाको मनलाई राम्ररी छुन्छ अनि जनताको नाम लिँदै मनपरी गर्दै हिँड्ने नेताहरुको भित्री मनको मैलोलाई धुन्छ र जे गरेपनि जनताले यस्तै नेतालाई भोट दिएर चुन्छ भनेर सोच्ने कोही कोही चाहिँ धुरुधुरु रुन्छ भन्ने जनताले यसपाली चाहिँ सोचेका हुन् कि जस्तो देखिन्छ।
सिद्धान्त, ऐन, नियम, विधान, ब्यबहारिक परम्परा, जनभावना, आफूबाहेकका अरु नेता कार्यकर्ताहरु समेतलाई पुरै बेवास्ता गरी मनपरी गरेको भन्ने कलंकको दाग ङिच्च हाँसेर पचाउँदै बिना मेहनत ठूलो भाग खाने उद्देश्यले अप्राकृतिक एकता गरेर आफ्नो औकातभन्दा ठूलो माग राखेर निहुँ मात्रै खोजेर हिँड्दा जे भयो त्यो सबैको अगाडि छर्लँग भएकै छ।
अर्कासित किनेर फेरिएको भएपनि अवधि सकिएर बिग्रेको किड्नीले जीवन धानेका भए पनि आफैलाई सर्वेसर्वा मानेका र यो दुनियाँमा भएजति र हुनेजति भूत बर्तमान र भविष्यका सबैथोक जानेका दलका अध्यक्ष र सरकार प्रधानको किड्नीको प्रतापले सरकार प्रधानको कुर्सी छिटै खाली हुने अनि त्यसमा बिराजमान भएर बिगतका सबै पाप धुने अपूर्व अवसर टाढा छैन भन्ने सोचका साथ देख्ने सुन्ने कसैले पनि पत्याउन नसकिने तरिकाले अचानक गरिएको एकता आफैंमा एउटा अचम्मको घटना थियो।
देश जनता दलआदि सबैको हित चिताएर गरिएको एकता भने पनि खराब किड्नीले सरकार प्रधानलाई बिताएर उत्पन्न हुने परिस्थितिले आफूलाई जिताएर दल र देशको साथै अरु सबैथोक मुठ्ठीमा आउने पक्का गरेर मात्रै एकताको धक्का हानिएको कुरा सबैले बुझेकै हुन्।
राजनीतिमा भन्ने एउटा कुरा, देखाउने एउटा कुरा, गर्न खोज्ने एउटा कुरा र वास्तबमा गर्ने एउटा कुरा भएकोले राजनीति गर्छु भन्नेहरुले साथमा एउटा धारिलो छुरा पनि सँधै साथमा राखेका हुन्छन् भन्ने सुनिन्छ खासमा के हो त्योचाहिँ थाहा भएन।
अदालतको फैसलाले पुरानै दलहरुको हैसियतमा पुगेपछि एकअर्काबिरुद्ध सुँड पसारेर कुर्लेका नेताहरु पुरानै गुँडमा फर्केपछि त्यहाँको वातावरण कति रमाइलो होला भन्ने सम्झँदा पनि जनता रोमान्चित भएका छन्। बिर्सनै नसकिने गरी एकअर्कालाई गरेका गाली बेइज्जतीलाई सजिलै पचाउने र अरुको अगाडि आप्mनो दललाई बचाउने अनि नेताहरुले आप्mनो क्षमता जचाउने राम्रो अवसर पनि आएको छ।
स्वदेशमै अर्को किड्नी फेरेर चर्चाको साथै तन्दुरुस्त भएर पहिलेको भन्दा ज्यादै सक्रियताका साथ काम भनेको त्यस्तैउस्तै हो मुख चलाउन थालेका सरकार प्रधानको स्वास्थ्यमा भएको अकल्पनिय सुधारले अर्का अध्यक्षलाई गलाउन थालेकोले उनले सरकार ढलाउन जानेसम्मका उपाय लगाउँदा पनि केही सिप नलागेकोले अर्काको किड्नीको चिन्ताले सद्धे चाहिँ अध्यक्षको स्वास्थ्य पो के कसो हुने हो भनेजस्तो स्थिति देखा पर्न पुगेको थियो कि भन्ने सोचाइका उपबुज्रुकहरुलाई के भन्न सकिन्छ र? यही कारणले दलभित्रैबाट सरकार प्रधानलाई ज्यादै ठूलो असहयोग भयो भन्ने सरकार प्रधानको सदावहार गुनासो आइरहेको र उनीबाट जनताले जानकारी पाइरहेको सबैलाई थाहा छ।
आफ्नै दलको दुईतिहाइ मतसहितको सरकार ढाल्न र जसरी भए पनि सरकार प्रधानको कुर्सीमा पुग्ने कदम चाल्न अनि घोषणा गर्नेबाहेक अरु कुनै काम नभएको एकतालाई बिचैमा फाल्न र यसमा आइलाग्न सक्ने दोषजति सबै अर्कामाथि थोपरेर भन्नेका मुख टाल्न जायज नाजायज अनेक खालका कसरत भएको देखियो सुनियो।
यसैलाई मुख्य कारण बताउँदै नाँगो आँखाले पढ्दा र सबै धाराहरुमा निकै गढ्दा पनि झट्ट नदेखिने संविधानमा ब्यबस्था नै नभएको शक्ति प्रयोग गरेर सरकार प्रधानले बिद्यमान संसद भंग अनि काम न काजसित संसदमा हल्लिएर दिन कटाउने सांसदहरुको अवस्था देखेर दंग परे।
सरकार प्रधानको सिफारिस कार्यान्वयन गर्न एउटा हातमा कार्यालयको छाप र अर्को हातमा दस्तखत गर्ने कलम लिएर तयार बसिरहने राष्ट्र प्रधानले आलंकारिक भएकोले निर्णय गर्दा सोच्न बुझ्न बिचार गर्न अनि आप्mनो पदीय मर्यादालाई समेत ख्याल राख्न नसक्ने संवैधानिक ब्यबस्था भएको रहेछ भन्ने पनि जनताले यही वर्षभित्र पटकपटक देख्न र पत्रकारहरुले लेख्न पाइरहेका छन्।
लागेको मूल्य तिरेर किनेको बालुवाटारको जग्गा सरकारलाई नै फिर्ता गरेर गुन लगाएका दिलदार न्यायमूर्तिले गरेको फैसलामा खोट देखाएर सरकार प्रधानसम्मलाई चोट पुर्याउनु यसैपनि राम्रो काम होइन।
सत्ताको नजिक भएकाले भत्ता मात्रै पचाउन सल्लाहकार भनेर तामझामसहित नियुक्त भएका सल्लाहकारहरुको काम कहिले आउने रहेछ भन्ने नबुझेर पनि स्वघोषित बुद्धिजिवीहरु घोत्लिएका छन् रे भन्ने हल्ला पनि कतैकतै सुन्न पाइन्छ।
आफ्नो दल भित्र भएको छलसहितको समस्या हल गर्न नसकेपनि अध्यक्ष र सरकार प्रधानको कुर्सीमा चाहिँ आपूmखुसी बसिराख्न पाइने अनि त्यसको फाइदा चाहिँ मजाले खाइने सुबिधा यहाँबाहेक अन्यत्र होला जस्तो लाग्दैन।
आफ्नै दल राम्ररी चलाउन नसके पनि देश र सरकार चाहिँ ज्यादै असरदार तरिकाले चलाएर देखाएको हुनाले देशको लागि भविष्यमा यिनले ठुलै चीज फलाएर छोड्छन् भन्ने खुट्टी हेर्दैमा चाल पाइयो भनेजस्तो यिनको गफ सुन्दैमा सबैलाई विश्वास भइसकेको अनि जनताको दिमागमा गइसकेको छ।
संविधानअनुसार ढंग नपुर्याइकन संसद भंग गरिएको रहेछ भन्ने त अदालतले छिनोफानो गरिदियो। जिम्मेवारी पूरा गर्नुभन्दा पनि हल्लिएर खाने र टाइमपासको लागि जाने थलो भंग भएपछि पुनस्र्थापनाको लागि आफूले जानेको अनि सबैभन्दा उत्तम र परिस्कृत तरिका भनेर शीर्षहरुबाट जानेको हडताल तोडफोड जुलुस आगजनी बिरोध सभा सम्मेलनआदि सुचारु भइहाल्यो।
एउटै दलका सरकार पक्ष र सरकार बिरोधी पक्षबाट आयोजना गरिएका सभाहरुमा धेरै उच्चकोटीमा गनिएका र निकै फराकिलो दृष्टिकोण भएको भनिएका नेताहरुको गाली गलौज सराप दोषारोपणसहित एकअर्कालाई नंग्याउने र खुइल्याउने तरिकाको साथै प्रयोग गरिएका भाषा शब्द र वाक्यहरु सुन्दा सबैभन्दा झिनामसिना र ब्यक्तिगत बिषयहरुमा पँधेर्नीहरुले झगडा गर्छन् भन्ने सुनिरहेका जनता अचम्ममा परे।
हाम्रा नेताहरु त पँधेर्नीहरु भन्दा ज्यादै उच्च तहको झगडा र गाली गलौजमा पोख्त रहेछन् भन्ने जानकारीमा आउँदा र नेताहरुको यो क्षमता थाहा पाउँदा जनताले पँधेर्नीहरुलाई बिचराको थान्कोमा राखेका छन्। अहिलेसम्म पँधेर्नीहरुलाई हेर्ने दृष्टिकोण गलत रहेछ भन्ने सबैले मनन गरेर नेताहरुको क्षमता अनुसारको उपाधी हनन गर्न नहुने सबैको धारणा छ।
आफूलाई देशको मात्रै होइन सँसारकै सबैभन्दा बुद्धिमान र क्षमतावान नेताको कोटिमा राख्ने नेताहरुले दलको एकता गर्दा दलको नाम राख्न एकचोटी राम्ररी सोच्न पर्ने समेत नसोचेको हुन नपर्ने भएपनि त्यस्तै भएको पाइयो। अर्काले दर्ता गरेर राखेको नाम चोरेर राख्दा दलको साथै निर्वाचनको लागि दल दर्ता गर्ने कामको हर्ताकर्ता निर्वाचन आयोगले पनि निकै सोचबिचार गरेर र आफ्नो जिम्मेवारी ज्यादै राम्ररी पूरा गरेको पाइयो अनि यसैमा सबैले अदालतबाट तिन बल्ड्याङ खाइयो।
कार्यक्षमता, कार्यदक्षता आदिको मतलब नगरिकन र मधुर स्वरको भजनकर्ताको खानपिनको बाटो नहेरिकन नियुक्ति दिएका र जदौसहित नियुक्ति लिएका माननीयहरु निर्वाचनमा आउने बजेटबाहेक भित्री कामको कुरा खासै नहेरी मानो पचाउने र निकै मेहनतसाथ रिझाएर पाएको जागिर बचाउने काम मात्रै गर्ने रहेछन् भन्ने पनि अदालतको फैसलाले नंग्याएर देखाइदिएपछि सबैलाई थाहा भयो।
अरु आयोगहरुमा पनि नियुक्ती र कामको तरिका योभन्दा फरक नभएको अनि योभन्दा भिन्न तरिकामा नगएको पनि प्रष्ट भयो। हुन त अदालतका न्यायमूर्तिहरु पनि दलको झण्डा बोकेर नियुक्त हुने हुनाले नियुक्तिकर्ताले डण्डा देखाएपछि ठूलो कुरा गरेर कुर्लेपनि ठण्डा भएर फैसला गर्छन् रे भन्ने हल्लामा खासै दम भएजस्तो लाग्दैन। तैपनि झगडियाको मागदावी भन्दापनि बढी फैसला गरेर अन्नदाताहरुको खाता बलियो हुने गरी निर्णय गरेको हो कि भन्नेहरुको मुख टाल्ने आवश्यकता देखिँदैन।
अरु आयोगहरुमा पनि नियुक्ती र कामको तरिका योभन्दा फरक नभएको अनि योभन्दा भिन्न तरिकामा नगएको पनि प्रष्ट भयो। हुन त अदालतका न्यायमूर्तिहरु पनि दलको झण्डा बोकेर नियुक्त हुने हुनाले नियुक्तिकर्ताले डण्डा देखाएपछि ठूलो कुरा गरेर कुर्लेपनि ठण्डा भएर फैसला गर्छन् रे भन्ने हल्लामा खासै दम भएजस्तो लाग्दैन।
लागेको मूल्य तिरेर किनेको बालुवाटारको जग्गा सरकारलाई नै फिर्ता गरेर गुन लगाएका दिलदार न्यायमूर्तिले गरेको पैmसलामा खोट देखाएर सरकार प्रधानसम्मलाइ चोट पुर्याउनु यसैपनि राम्रो काम होइन।
अदालतको फैसलापछि एउटा छेस्कोले छुस्स पारेपछि फुस्स हुने बेलुन बराबरको नाम र एकतामा रमाउँदै र भागबन्डा र खानपिनमा कुरा नमिलेपछि आफ्नो पक्ष बलियो देखाउन नेता समाउँदै हिँडेको देख्दा बाहिर ठूला कुरा गरेपनि वास्तवमा एकअर्का देखेर खुट्टा कमाउँदै जोडिएका रहेछन् भन्ने छर्लङ भयो।
अदालतको फैसलाले पुरानै दलहरुको हैसियतमा पुगेपछि एकअर्काबिरुद्ध सुँड पसारेर कुर्लेका नेताहरु पुरानै गुँडमा फर्केपछि त्यहाँको वातावरण कति रमाइलो होला भन्ने सम्झँदा पनि जनता रोमान्चित भएका छन्। बिर्सनै नसकिने गरी एकअर्कालाई गरेका गाली बेइज्जतीलाई सजिलै पचाउने र अरुको अगाडि आफ्नो दललाई बचाउने अनि नेताहरुले आफ्नो क्षमता जचाउने राम्रो अवसर पनि आएको छ।
नयाँ फैसलापछि सबै दल सरकार कसरी बनाउने र त्यसमा ज्यादा से ज्यादा सहभागिता कसरी जनाउने भन्ने जोड घटाउ र होडबाजीको साथै फेरि उही भागबण्डाबाट सुनको अण्डा फलाउने दाउबाहेक अरु कतै ध्यान दिएको देखिँदैन।
सबैजना प्रष्ट नखुल्ने तर भागबण्डामा ठूलो हिस्सा हात पार्ने तरिका नभुल्ने गरी दलका कार्यालय र नेताहरुका निवासमा धाएको अनि आफ्नोजस्तै स्वार्थपूर्ण जवाफ पाएको देख्दा यी नेताहरुलाई अल्पमतको, बहुमतको, मिलिजुली, दुई तिहाइको आदि आदि जस्तो सबै किसिमको सरकार बनाउने अवसर दिएपनि यिनीहरुको क्षमता देश चलाउने भन्दा पनि सरकार ढलाउने स्तरभन्दा माथि भएको देखिएन।
त्यही भएर सबैदलका सबै शीर्ष तहका नेताहरुलाई जनताले ज्यादै दिक्क मानेर र अहिलेसम्मको अनुभवले सही कुरा जानेर भनेका छन्, सबै दल र नेताहरुले बिभिन्न अड्को थापे पनि देशले फड्को मार्छ भन्ने कुरा यहाँहरुको खुट्टी हेर्दैमा चाल पाइयो।
Facebook Comment