ओली समूहको एकलौटी बैठक बालुवाटारमा, महासचिबबाहेक एमालेका सबै पदाधिकारीको पद खारेज

डिसी नेपाल
२८ फागुन २०७७ १६:४२

काठमाडौं। सर्वोच्चको आदेशबमोजिक क्रियाशील भएको नेकपा एमालेमा अन्तरसंघर्ष चर्किएको छ। एमालेको केन्द्रीय कमिटी आइतबारका लागि बोलाइए पनि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुको बैठकले एमालेको पदाधिकारी नै खारेज गरिदिएको छ। महासचिबबाहेक अन्य सबै पदाधिकारी खारेज गरिएको हो।

ओलीदेखि टाढिएका वरिष्ठ नेता माधवकुमार समूहको पदाधिकारीमा बाहुल्यता थियो। महासचिबबाहेक सबै पदाधिकारी खारेज गरिएको बालुवाटार निकट स्रोतले जनाएको छ। महासचिबमा ओली निकटका ईश्वर पोखरेललाई कायम गर्दै अन्य पदाधिकारी खारेज गरिएको हो।

झलनाथ खनाल र माधकुमार नेपालको वरिष्ठ नेताको पद, भीम रावल, अष्टलक्ष्मी शाक्य र वामदेव गौतमको उपाध्यक्षको पद, घनश्याम भुसाल र विष्णु पौडेलको उपमहासचिबको पद, योगेश भट्टराई, गोकर्ण विष्ट, प्रदीपकुमार ज्ञवाली, भीम आचार्य र पृथ्र्वी सुब्बा गुरुङको सचिवको पद खारेज गरिएको हो।

यस्तै बैठकले तत्कालिन माओवादी केन्द्रका २३ जना नेतालाई एमाले केन्द्रीय सदस्यमा मनोनित गरिएको छ। अब एमालेको केन्द्री कमिटी २६४ सदस्यीय भएको छ।
ओली समूहको यो निर्णयसँगै एमालेमा अन्तरसंघर्ष चर्किने देखिएको छ। यो निर्णय गर्दा माधव समूह पक्षसँग कुनै छलफल नै नभएको बताइएको छ। ओली समूहले शुक्रबारको बैठकलाई एमाले केन्द्रीय कमिटी बैठक भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *