अर्काको पासवर्डबाट नेटफ्लीक्स हेर्न नपाइने
![अर्काको पासवर्डबाट नेटफ्लीक्स हेर्न नपाइने](https://www.dcnepal.com/wp-content/uploads/2021/03/netflix.jpg)
बीबीसी । इन्टरनेटमार्फत भिडिओ हेर्न सबैभन्दा बढी प्रयोग हुने नेटफ्लीक्सले पासवर्ड बाँड्ने कार्य रोक्न नयाँ प्रयास थालेको छ। केही प्रयोगकर्ताहरूले स्क्रिनमा यस्तो सन्देश देखेको बताएका छन्, “यदि तपाईँ यो अकाउन्टको मालिकसँगै बस्नुहुन्न भने तपाईँले सेवा सुचारु राख्न आफ्नो अकाउन्ट बनाउनुपर्छ।”
नेटफ्लीक्सका एक प्रवक्ताले बीबीसीलाई आधिकारिक व्यक्तिहरूले मात्रै अकाउन्ट प्रयोग गरून् भनेर त्यस्तो गरिएको बताएका छन्। नेटफ्लीक्सले यसलाई संसारभर सबै प्रयोगकर्तामा लागु गर्ने कि नगर्ने भन्ने बारे निर्णय गर्न बाँकी रहेको बताइएको छ।
सन्देश आएपछि अकाउन्ट किन्दा प्रयोग गरेको मोबाइल वा इमेलमा आएको कोड हाल्नुपर्छ। नेटफ्लीक्स, एचबीओ गो, अमाजेन प्राइम र डिज्नेप्लसजस्ता सेवाले एकभन्दा बढी स्क्रिनमा चलचित्र हेर्ने सुविधा दिन्छन् तर प्रयोगका सर्त अनुरूप ती सबै स्क्रिन एकै घरका व्यक्तिको हुनुपर्छ। नेटफ्लीक्सका संसारभर दुई करोड प्रयोगकर्ताहरू छन्।
Facebook Comment