जसपा नेताहरु बुढानिलकण्ठ पुगे, सत्ता समीकरणबारे वार्ता

डिसी नेपाल
२८ फागुन २०७७ १७:२४

काठमाडौं। सत्ता समीकरणबारे छलफल गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरु प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।

जसपा नेताहरु बाबुराम भट्टराई , उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर र काँग्रेस सभापति देउवाबीच यतिबेला वार्ता चलिरहेको छ। छलफलमा काँग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला पनि साथमा छन्।

तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठबन्धन सरकारमा परिणत भएको छ भने माओवादीले समर्थन फिर्ता लिने चर्चा छ। त्यसैले वैकल्पिक सत्ता समीकरण बनाउने दलहरुबीच छलफल चलिरहेको छ।

उता जसपा प्रधानमन्त्री ओलीसँग पनि निरन्तर छलफलमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *