काँग्रेस–जसपा छलफलः सबै विपक्षीहरु एकजुट हुनुपर्ने निश्कर्ष

डिसी नेपाल
२८ फागुन २०७७ १७:५७

काठमाडौं। काँग्रेस र जनता समाजवादी पार्टीबीच भएको छलफलमा सबै विपक्षी दलहरु एकजुट हुनुपर्ने निश्कर्ष निकालेको छ। जसपासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जसपा नेताहरुले सबै विपक्षीहरु एकजुट हुनुपर्ने प्रस्ताव राखेको बताए।

उनले काँग्रेसले त्यसमा सकरात्मक जवाफ दिँदै काँग्रेसले ओली सरकारको विकल्पमा सबै विपक्षी दलहरुको एउटै धारणा बनाउनुपर्ने बताएको उनले जानकारी दिए।

तर, जसपा र काँग्रेसबीच कुनै सहमति भने भइनहालेको उनले बताए। शर्माले भने, ‘वार्ता निरन्तर हुन्छ, विषय परिपक्व भएको छैन। तर समान धारणा बनाएर जाने कुरा छ।’ उनले माओवादी, जसपा र काँग्रेसको ओली सरकारको विकल्पमा एउटै धारणा हुनुपर्नेमा जोड दिए।

यस्तै जसपासँगको बैठकअघि बसेको काँग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको बैठकमा पनि ओली सरकारको विकल्पबारे छलफल भएको छ। बैठकमा पौडेल समूहले देउवालाई सरकार बनाउनका लागि अग्रसरता लिन सुझाव दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *