केही दिन भित्र मेलम्चीको पानी धाराधारामा आउछँ : प्रधानमन्त्री ओली

डिसी नेपाल
२९ फागुन २०७७ १४:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही भित्र मेलम्चीको पानी धाराधारामा आउने बताएका छन्। १११औँ श्रमिक नारी दिवसको अवसर पारेर अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मेलम्चीको पानी धाराधारामा पठाउने बताए।

‘हामीलाई केही गर्नै दिएनन्।’ प्रधानमन्त्री ओलीले भने, ‘यति गर्दा पनि हामीले मेलम्चीको पानी बाग्मतिमा झारेका छौं। अहिले बागमतिमा मेलम्चीको पानी बगि रहेको छ। अबका केही दिनमा सबैको धाराधारामा पानी आउने छ।’

विभिन्न ठाउँमा सिचाईँका लागि काम सुरु भएको उनले सुनाए। ‘दिदी बहिनीका लागि धेरै राम्रो काम गरेका छौं,’ ओलीले भने ‘अरु विकसित राष्ट्रहरुको भन्दा नेपालमा महिला दिदीबहिनीहरु अगाडी हुनुनुहन्छ। महिलाको जागरण, शशक्ति करण, करिव १ वर्ष अगाडी कल्पना गर्न सकिथ्यो होला।’

पार्टी भूमिगत भएका बेला एकपछि अर्को महिलालाई पनि भूमिगत बनाएको प्रधानमन्त्री ओलीले स्मरण गराए। ‘समाजसेवाको अभियानमा, वातावरण संरक्षणका अभियानमा, शिक्षाका अभियानमा महिला अगाडी बढ्ेका छन् र उल्लेखनीय काम गर्न सफल भएका छन्।’

नीति निर्माणमा महिला सहभागिता, सम्पतिमा हकको, शिक्षा र अवसरमा महिलाको पहुँचमा पनि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए। ‘२००८ सालमा स्थापना भएको अखिल नेपाल महिला संघले पार्टीमा मात्र नभएर नेपाली महिलालाई जागरुक बनाउने विषयमा महत्वपूर्ण भूमिका खेलेको छ। मैले अहिले वयान गर्न पनि सक्दैन।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले महिलाको अगाडी महत्वपूर्ण अविभारा भएको जानकारी दिए। ‘राणाकालमा राजनीति विग्रिएका कारण विकास भएन। अहिले पनि त्यस्ता तत्वहरु सक्रिय भएका छन्। यसको खबरदारी हामीले गर्नुपर्छ। महिला दिदीबहिनीले गर्नुपर्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *