केपी ओलीसँग सहकार्य हुनसक्छ : लक्ष्मणलाल कर्ण

डिसी नेपाल
२९ फागुन २०७७ १८:०३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफ्नो पार्टी नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग निरन्तर छलफलमा रहेको बताएका छन् । शनिबार रिपाटर्स क्लबमा बोल्दै आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने मुख्य एजेण्डा रहेको पनि उनले सुनाए ।

नेता कर्णले आफूहरुसँगको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पनि प्रतिक्रिया दिए । उनले भने,‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ । तर, ठोस सहमति भएको छैन् । तर, उहाँले मुद्दा फिर्ता र कैदीबन्दी रिहाईको लागि संविधान र कानूनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।’ उनले आफूहरुले अहिले नै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भनेर नभनेको पनि सुनाए । उनले भने,‘हाम्रो माग पूरा गर्नुभयो भने समर्थन हुन्छ । तर, उहाँहरुको एउटै पार्टीमा पनि एकरुपता छैन् । अहिले हामीले घट्नाक्रमलाई बडो नजिकबाट हेरिराखेका छौं । दुई÷चार दिनभित्र बैठक बसेर यस सम्बन्धमा निर्णय लिन्छौं ।’

उनले केपी ओलीलाई आफूहरुले कुनै भेदभाव नगर्ने पनि टिप्पणी गरे । उनले भने,‘उहाँसँग हामीलाई कुनै नफरत छैन्, भेदभाव छैन् । अछुतो पनि छैन् । माग पूरा गर्नुभयो भने सहकार्य हुन्छ ।’ उनले प्रधानमन्त्री ओलीले आफूहरुलाई सरकारमा सहभागी हुन वा समर्थन गर्न आग्रह गरेको पनि जानकारी दिए ।

उनले आफूहरु पूरा कार्यकाल नै संसद चल्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्यपी संसद चल्नै सक्ने अवस्था भएन भने निर्वाचनबाट भागेर पनि नजाने उनको प्रतिक्रिया थियो । उनले भने,‘हामी त यो प्रतिनिधिसभाको पूरा कार्यकालको पक्षमा छौं । यदि संसद् चल्ने अवस्था भएन भने चुनाव त अन्तिम विकल्प हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *