बाबुराम भट्टराईले भने, ‘हामी कसैको पुच्छर बन्दैनौं’

डिसी नेपाल
१ चैत २०७७ ६:४६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नबन्ने टिप्पणी गरेका छन्। सामाजिक सञजाल ट्वीटरमा जसपाबारे जान्नै पर्ने तीन कुरा उल्लेख गर्दै भट्टराईले जसपा आफै देशको नेतृत्व गर्नसक्ने शक्ति भएको उल्लेख गरेका छन्।

सत्त समीकरणका लागि जसपालाई साथ दिन नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले अनुरोध गरिरहेका बेला आफैले सरकारको नेतृत्व गर्ने र कसैको पनि पुच्छर नबन्ने संघीय परिषद् अध्यक्षले बताएका छन्।

उनले ट्वीटरमा भनेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा : १) यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ! २) गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन। ३)यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्रका विरुद्ध कसैसँग सम्झौता नगर्ने बताएका छन्। उनले आफ्नो पार्टी तासको जोकर नभएको पनि ट्वीटरमा उल्लेख गरेक छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *