पार्टीको बैठकमा जान आतुर छौं, तर वातावरण बन्नुपर्छ : शाक्य (अन्तर्वार्ता)

डिसी नेपाल
१ चैत २०७७ २०:४९

काठमाडौं। माधव–झलनाथ खनाल समूहमा रहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूहरु एमाले केन्द्रीय कमिटी बैठकमा जान आतुर रहेको बताएकी छन्। तर, त्यसका लागि उपयुक्त वातावरण बन्नुपर्ने उनको भनाइ छ।

डिसी नेपालको द ब्रिज टकमा अर्जुन दाहालसँग कुरा गर्दै उनले बालुवाटारमा हुने बैठकमा भने आफूह नजाने बताइन्। उनले भनिन्, ‘बालुवाटार हुने बैठकमा जाँदैनौं। पार्टीको बैठक पार्टी कार्यालयमै हुनुपर्छ। हिजो उहाँ विरामी हुनुहुन्थ्यो र बालुवाटारमा ठिकै हो। तर, अहिले अवस्था त्यस्तो छैन। पार्टी कार्यालयमा हुने बैठकमा जान्छौं तर, उहाँले शुक्रबार गरेका गल्ति सच्याउनुपर्छ। अराजकता मच्चाइरहनु भएको छ, त्यो सच्याउनु पर्छ। बैठकमा जान आतुर छौं।’

उपाध्यक्ष शाक्यले मिल्ने आधार अध्यक्ष केपी शर्मा ओलीले बनाउनुपर्ने बताइन्। गल्ती गर्नेले सच्चिनुपर्ने बताइन्। उनले व्यवस्थित रुपमा बोलाइने बैठकमा नजाने भन्ने कुरै नभएको उनले बताइन्। उनले भनिन्, ‘व्यवस्थित रुपमा बैठक बस्नुपर्छ। तर, अध्यक्षले व्यहार राम्रो देखाउनु भएको छैन। त्यसैले बैठकमा जाने, अपमानित भएर फर्किनुपर्ने हो कि ? बैठकमा जाने वातावरण हुनु पर्यो। शुक्रबारका सबै निर्णय खारेज हुनुपर्छ।’ उनले बालुवाटारमा हुने बैठकका लागि आफूलाई निम्ता आएको बताइन्।

उनले यही चैत्र ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको उनले बताइन्। उनले देशभर रहेको अन्यौलता चिर्न भेला बोलाइएको बताइन्। उनले भनिन्, ‘देशभर अन्यौलता छ। निराशा पैदा हुने अवस्था पनि छ। देशको भविष्य के होला ? र हाम्रो भविष्य के हुन्छ? भन्ने आशंका उठेको छ, यी आशंका मेटाउन भेला बोलाइएको हो। एउटा व्यक्तिको गलत नेतृत्वले सबै खतम गर्ने कुरा हुँदैन, हामीले नयाँ उँचाइका साथ कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नुपर्छ। सम्पूर्ण कम्युनिष्टलाई एकतावद्ध गर्ने, सबै वामपन्थीलाई एक बनाउने हाम्रो नीति हो। माओवादीसँग फेरि एकता गर्नुपर्छ।’

उनले आफूहरु सबै कम्युनिष्टहरुलाई एक बनाउनुपर्छ भन्नेमा रहेको भन्दै कुनै पनि हालतमा एमाले विभाजन नगर्ने बताइन्। उनले भनिन्, ‘पार्टी विभाजन गर्दैनौ, जसरी पनि कम्युनिष्ट आन्दोलन एक हुनुपर्छ भन्नेमा छौं। यो हाम्रो बाध्यता हो। सुधारिएर आउनु पर्यो, कसैलाई पनि निषेध गरेर हुँदैन। अहिले पनि मिलेर जान सकिन्छ तर, गल्ति गरेको फिर्ता लिनु पर्यो। सचिच्नुपर्यो। सबै वामपन्थीलाई एकजुट बनाउने हाम्रो जोड छ।’

उनले फरारिकलो मन बनाएर सबै मिल्ने सकिने बताइन्। ‘हामी कम्युनिष्टहरुले मिल्नुपर्छ। फराकिलो मन राख्नुपर्छ। मिलेरै जानुपर्छ। यो विचार सबैमा हुनुपर्यो। हामी मिल्न चाहन्छौं। मिल्न तयार छौं।

उनले वर्तमान सरकारलाई निरन्तरता दिन नहुने अवस्था आएको बताइन्। उनले ओली सरकारको विरोधमा जाने विषयमा कुनै छलफल नभएको तर प्रधानमन्त्री ओलीको गतिविधिले देशलाई अझ धेरै नोक्सान हुन्छ भन्ने लागेको बताइन्। उनले ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेकोसमेत दावी गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *