छलफल सकरात्मक भएको ओली समूहको प्रतिक्रिया

डिसी नेपाल
२ चैत २०७७ १४:२१

काठमाडौं। सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि त्यसअघि नै टाढिएका ओली समूह र माधव समूहबीच सोमबार पहिलो पटक पार्टीको विवादबारे छलफल भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफललाई ओली समूहले सकरात्मक भएको प्रतिक्रिया दिएको छ।

बैठकपछि जानकारी दिँदै एमाले सचिव प्रदीपकुमार ज्ञवालीले छलफल सकरात्मक भएको जानकारी दिए। उनले भने, ‘साझा अवधारणा बनाएका छौं। सर्वोच्चमा एमाले ब्युत्याउनु अवसर हो। एमालेले देशका अरु बामलाई नेतृत्व लिन सक्छ भन्ने साझा अवधारणा हो। तर, निष्कर्ष मा पुगिएको छैन।’

उनले छलफलका क्रममा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध आवश्यक परे पुनारावलोकनमा जानुपर्नेसमेत कुरा उठेको जानकारी दिए।

उनले माधव समूहले यही चैत ४ र ५ गते काठमाडौंमा गर्न लागेको कार्यकर्ता भेला पनि स्थगित गर्न आफूहरुले कुरा गरेकोसमेत बताए।

उनले दुबै समूहबीच विभिन्न तहमा वार्ता जारी राख्ने सहमति भएको तर मिति भने तय भइनसकेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *