जसपा शीर्ष नेताहरुको बैठक अनिर्णित

डिसी नेपाल
२ चैत २०७७ २१:१७

काठमाडौं । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन ।

वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भएको जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको हो ।

बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भएपनि निष्कर्षमा पुगिनसकेको जसपाका वरिष्ठ नेता अशोक राईले बताए । उनले भने, “हामी छलफलमै छौँ, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) को निर्णयपछि हामी एउटा निचोडमा पुग्छौँ । हामीले विचार आदान–प्रदान गरिउँ प्रधानमन्त्रीसहित उहाँको पार्टी, कांग्रेस र माओवादीसँग पनि छलफल गरी प्राप्त रायसुझावका आधारमा साझा प्रस्ताव तयार गर्छौ ।”

बैठकमा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुले दिएको समर्थनबारे पनि छलफल भएको थियो । जसपाले संविधान संशोधन र वन्दी जीवन विताइरहेका रेशम चौधरी लगायतको रिहाइसहित माग राखेर सत्तामा जाने कसरत गरिरहेको छ । सत्ता समीकरण र पार्टी समायोजनको बाँकी काम टुङ्गो लगाउन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी चैत ५ गते शुरु हुँदैछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *