मंगलबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । मंगलबार नेपालमा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा ९४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म ५१ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख २१ हजार ५१२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment