सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

डिसी नेपाल
३ चैत २०७७ १९:४७

काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबार जिप दुर्घटना भएको छ। दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी एसपी आभुषण तिमिल्सेनाले जानकारी दिए।

उनका अनुसार कमलामाई नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप अपराहन्न करिब ४ बजे दुर्घटनामा परेको थियो। जिप सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए।

उनका अनुसार कमलामाई नगरपालिका बाँसकोटका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षय मनिष श्रेष्ठको मृत्यु भएको छ। घटनामा अन्य ७ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको छ।

उनले नयाँ कच्ची सडक भएका कारण सो दुर्घटना भएको हुन सक्ने बताएका छन्। उनले डिसी नेपालसँग भने, ‘कच्ची साँघुरो सडक हो। मोड नै नपुग्ने सडक भएकाले दुर्घटना भएको हाम्रो प्रारम्भिक अनुमान छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *