स्मार्ट मेकर फेष्टिभलमा नेपालीले बनाएको रोबोट दोस्रो

डिसी नेपाल
३ चैत २०७७ २२:११

काठमाडौं। स्मार्ट मेकर फेष्टिभवल २०२० मा नेपालीले बनाएको रोबोटले दोस्रो स्थान हात पारेको छ। नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) र इनोभेटिभ घर नेपालको सहयोगमा इन्जिनियर रोशन पाण्डेकाे टिमले बनाएको ‘यान्ट्रिका’ ०१. बीटा भर्सन, पहिलो ह्युमोइड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबोट दोस्रो भएको हो।

२०२० डिसेम्बर ५ तारिकमा आयोजित स्मार्ट मेकर–फेस्टिभल २०२०मा विश्वभरका रोबोटहरु प्रदर्शनमा राखिएका थिए। फेष्टिभल स्मार्ट सोसाइटी क्यानडा, बिजनेस अपसाइड, यूएसए र आईईएम अमेरिका कर्पोरेशन र आइईएम–यूईएम अमेरिका कोअपरेशनले सँयुक्तरुपमा आयोजना गरेको हो।

नेपालीले बनाएको रोबोटले मास्क लगाउने वा नलगाउने मानिसहरुलाई सामान्य बनाउन र छुट्याउन सक्छ। अनि तिनीहरुलाई मास्क र स्यानिटाइजर दिन सक्छ। आगन्तुकहरुको शरीरको तापक्रम नाप्न सक्छ। यसले तिनीहरुसित कुरा गर्नुका साथै आगन्तुकहरुलाई नास्टबारे जानकारी प्रदान गर्छ।

यो रोबोटको उत्पादन विशुद्ध अनुुसन्धान र विकास हो, व्यावसायिक आउटलेट भने होइन। नास्टका अनुसार यो प्रविधिको स्तरोन्नति आगामी दिनमा त्यसको उपयोगिता र लागू हुने परिवर्तनसँगै गरिनेछ।

फेष्टिभलमा अमेरिका, जर्मनी, क्यानडा, भारत, नेपाल, इंग्ल्यान्ड लगायतका विभिन्न देश सहभागी थिए।

प्रथम स्थान भने अमेरिकी रोबोटले प्राप्त गरेको छ। अमेरिकाको लिइस गुजम्यान फर जिउस नामको रोबोट प्रथम भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *