एमाले विवाद : माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला, सहाभागी नहुन ओली समूहको निर्देशन

डिसी नेपाल
४ चैत २०७७ ७:०९

काठमाडौं। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमाले माधव नेपाल समूहले आजदेखि राष्ट्रिय कार्यकर्ता भोलाको आयोजना गरेको छ। माधव नेपाल समूहले आज र भोलि दुई काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भोला आयोजना गर्दैछ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीयको बैठक राखेर नेकपा माओवादी केन्द्रबाट एमाले नेतालाई जिम्मेवारी दिएपछि त्यसैको विरोधमा नेपाल समूहले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भोलाको आयोजना गर्न थालेको हो।

तर ओली समूहले भने भेलामा सहाभागीलाई कारवाही गर्ने चेतावनी दिएका छन्। तर नेपाल समूहले भने कारवाही भोग्न तयार रहेको जवाफ दिएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा आयोजना गरेको चियापन कार्यक्रममा माधव समूह सहभागी भएन। सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुटगत भेलामा नलाग्न चेतावनी दिए।

त्यसको केही समयपछि माधव समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सो समूहका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले आफूहरु कारबाही भोग्न तयार रहेको बताए।

मंगलबार साँझ एमाले महासचिब ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै गुटगत भेलामा सहभागी हुनेलाई पार्टी र संसदीय दलको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्।

दुबै पक्षको भनाइलाई आधार मान्ने हो भने बुधबारको भेलामा सहभागी हुने नेता तथा कार्यकर्ताहरु कारबाही भोग्न तयार भएरै सहभागी हुँदैछन्। र महासचिब पोखरेलको विज्ञप्तिलाई हेर्दा ओली समूह भेलामा सहभागी भएकाहरुलाई कारबाही गर्ने तयारीमा रहेको बुझ्न सकिन्छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् बढेको छ। ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि विवाद उत्कर्षमा पुगेको हो।

हाल नेपाल पक्षले देशव्यापी रुपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको छ । नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि सोमबार बिहान एमाले पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल दोस्रो तहका नेताहरुसहित छलफलमा जुटेका थिए। तर, त्यसमा ठोस सहमति हुन सकेन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *