प्रधानमन्त्री ओलीभित्र नैतिकता सकियो: अष्टलक्ष्मी शाक्य

डिसी नेपाल
४ चैत २०७७ १३:४४

काठमाडौँ। नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले ललितपुरमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नै नेताहरुलाई तुच्छ गाली गरेर प्रधानमन्त्रीले राजनीतिक संस्कार भुलेको आरोप लगाएकी छिन् ।

उनले भनिन् ‘यो कुनै गुटको भेला हैन यो पार्टीको आधिकारिक भेला हो । यो छलफलमा आफ्नो विचार प्रस्ट राख्न सबै नेताहरुलाई आग्रह गर्छु ।’ यो भेलाले सबै बामपन्थी शक्तिहरु एकीकृत हुने सन्देश दिने उनले जिकिर गरिन् । उनले पार्टीमा ईमान्दार रुपले काम गर्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरिन् ।

इमान्दारीताले नै कम्युनिष्ट आन्दोलन सफल हुने भएकाले त्यो इमान्दारिता प्रधानमन्त्री ओलीमा नदेखेको शाक्यले तर्क गरिन् । प्रधानमन्त्रीले लोकतन्त्र र संविधान धुजा धुजा पारेको बताउँदै उनले चालेको कदम अदालतले बदर गरेपछि पनि नैतिकताको आधारमा राजिनामा नगर्नु ओलीमा नैतिकता सकिएको नेता शाक्यले आरोप लगाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *