अहिले पनि हामीले मिलेरै अगाडि बढ्न चाहेका छौं : नेपाल

डिसी नेपाल
४ चैत २०७७ १४:५३

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अझै पनि मिलेर जाने चाहना भएको बताएका छन्। आफ्नो समूहको भेलालाई सम्बोधन गर्दै नेपालले  एमालेलाई बलियो बनाउन अझै पनि मिलेर जाने चाहना भएको बताएका हुन्।

‘हामी अझै पनि  एमालेलाई बलियो बनाउँ, सुदृढ बनाउँ भन्ने पक्षमा छाैं,’ नेपालले भने, ‘तर, उहाँमा अझै पुरानो दम्ब छ। अहंकार छ। मैले त उहाँलाई भन्ने गरेको छु तपाईँको अहंकारले पार्टी समस्यामा पर्छ।’

अदालतले नेकपा एमालेलाई पहिलाको अवस्थामा फर्काएपछि पार्टीको बैठक बस्छ र आफूलाई पनि बोलाइन्छ भन्ने कुरामा ढुक्क रहेको उनको भनाइ थियो। उनले भने, ‘मलाई फोन आयो। बालुवाटार आउनुहोस् भन्ने कुरा भयो। मैले म आउँदिन भने। उहाँ (प्रधानमन्त्री)ले म बाहिर जान मिल्दैन भन्नु भयो। मैले ठिकै छ भने र अन्त्यमा पार्टी कार्यालयमा बस्ने तय भयो।’

आफूलाई पटकपटक प्रधानमन्त्री ओलीले ढाँट्ने गरेको बताउँदै माधव नेपालले भने, ‘म एक्लै आउँदिन भने, साथीहरु लिएर गएँ। ५ जना काम्रेडहरु।’ भीमरावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्तको नाम उच्चहरण गर्दै पछाडि फर्केर सोधे, ‘यिनै होइनन्।’

उनले आफूलाई दोष दिन खोजिनु बेकार रहेको  उल्लेख गर्दै उनले भने,  ‘व्यक्तिको मातहतमा संगठन हैन, व्यक्ति संगठनको मातहतमा हुन्छ। व्यक्ति अल्पतमत बहुमतको मातहतमा हुन्छ। योग्यता र क्षमताको सहिीमूल्याङ्कन हुनुपर्छ।’

उनले आफ्ना कार्यकर्तालाई ओली समूहले इन्चार्जबाट निकालेको प्रति आपत्ति जनाए। ‘सुदुरपश्चिममा भिमरावलको, मकवानपुरलगायत जिल्लाहरुबाट हाम्रा इन्चार्ज साथीहरुलाई हटाइयो र आफ्ना राखियो’, नेपालले भने।

अदालतले पार्टी ब्युँताएपछि पुरानै पार्टी भएको उल्लेख गर्दै फागुन २८ गते ओली समूहले गरेको निर्णय फिर्ता लिन आग्रह गरेको र नमानेपछि आज र भोलिको भेला गरेको नेपालको दाबी थियो। उनले अझै राष्ट्रिय भेला हुने बताए। उनले भने, ‘अब महिलाको, विद्यार्थीको, युवाको राष्ट्रिय भेला गरिन्छ। हुन्छन्। हाम्रो भेला हुन नदिनका लागिमात्र ओलीले वार्ताको नाटक गर्नु भयो।’ नेपालले अब राजनीतिक क्रान्ति गरेपछि आर्थिक क्रान्तितर्फ पार्टी जानु पर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *