आफ्नो समयभन्दा २ मिनेट चाँडै अफिस छाड्ने ३१६ सरकारी कर्मचारीको तलब काटियो !

डिसी नेपाल
४ चैत २०७७ १५:०४

काठमाडौं। आफ्नो निर्धारित समयभन्दा २ मिनेट चाँडै विभिन्न बहाना बनाएर अफिस छाडेर हिँडेका कर्मचारीलाई जापान सरकारले तलब काटेर सजाय दिएको छ । जापानी मिडिया सान्केइ न्यूजका अनुसार मे २०१९ देखि जनवरी २०२१ सम्मको अवधिमा कूल ३१६ जना कर्मचारीले निर्धारित समयभन्दा २ मिनेट अगाडि कार्यालय छाडेको पाइएको छ । रिपोर्टअनुसार चिबा प्रान्तको फुनाबासी सिटी बोर्ड अफ एजुकेशनका कर्मचारीको यसरी तलब काटिएको हो ।

रिपोर्टका अनुसार कैयौं कर्मचारीले आफ्नो हाजिरी रजिस्टरमा गलत समय लेखेका थिए ताकि उनहिरु छिटो कार्यालयबाट निस्कन सकुन् । अफिसबाट छिटो निस्किनको लागि शिक्षा बोर्डको लाइफलंग लर्निङ विभागकी ५९ वर्षकी असिस्टेन्ट सेक्सन चिफले कर्मचारीहरुलाई सहयोग गर्थिन् । सजायको रुपमा उनको तीन महिनाको पारिश्रमिकको १० प्रतिशत काट्न निर्देशन दिइएको छ ।

रिपोर्टका अनुसार अन्य एक महिलालाई जरिवाना तिर्न निर्देशन दिइएको छ । उनी बेलुकी ५.१७ को बस भेट्नको लागि ५.१५ मा अफिसबाट निस्किन्थिन् जबकि उनको कार्यालय सकिने समय नै ५.१७ थियो । जापानमा यस्तो भएको पहिलो पटक होइन । यसअघि २०१८ मा पनि कोबे प्रान्तमा जल विभागका एक कर्मचारीलाई ३ मिनेट पहिले आफ्नो डेस्क छाडेको सजाय दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *