प्रधानमन्त्रीले मनका कुरा भन्न भेटन् बोलाएका छन्, अब म झुक्दिन : प्रचण्ड

डिसी नेपाल
५ चैत २०७७ १०:४५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीले आफ्ना मनका धेरै कुरा गर्न बोलाएको बताएका छन्। बिहीबार सिन्धुलीमा भएको कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीले  फोन  गरेर  भेटन आग्रह गरेको बताएका हुन।

‘अस्ति बिहान केपीजीको फोन आयो’ अध्यक्ष प्रचण्डले भने, ‘एकपल्ट कुरा गर्नु छ कमरेड भन्नु भयो। मेरा मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नु भयो। तर, मैले भेटन् मानिनँ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीसँग भेट भएको बताउँदै प्रचण्डले भने, ‘अब म झुक्नेवाला छैन।’

‘उहाँका कुरा सुन्न पनि खुमलटार नै आउनु पर्छ भन्नेवाला छु। म त अब झुक्नेवाला छैन’, अध्यक्ष प्रचण्डले भने। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछिको नेकपाका दुई जना अध्यक्ष हुन।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेलको नाममा दर्ता भएको भनेपछि एमाले र माओवादी केन्द्र ब्युतिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *